बैतडी दार्चुला सांस्कृतिक समिति अत्तरियाले ३ दिन होली विशेष मौलिक कार्यक्रम गर्ने

बैतडी दार्चुला सांस्कृतिक समिति अत्तरियाले ३ दिन होली विशेष मौलिक कार्यक्रम गर्ने

धनगढी | बैतडी दार्चुला सांस्कृतिक सम्बद्धन समिति अत्तरिया कैलालीले सुदूरपश्चिमको मौलिक चाड होली अवसरमा विशेष कार्यक्रम गर्ने भएको छ । समितिले फागुन २१ गदे देखि ३ दिन सम्म यस क्षेत्रको मौलिकता अनुसार होलि पर्व मनाउन लागेको हो ।

जस अन्तरगत फागुन २१ गते गोदावरी नगरपालिका – २ मा बैतडी दार्चुला सांस्कृतिक सम्बद्धन समितिको धर्मशाला निर्माण स्थलमा होली विशेष कार्यक्रम गरी होली खेलिने समितिका अध्यक्ष लक्ष्मीराज पन्तले जानकारी दिएका छन् ।

यस्तै दोस्रो दिन फागुन २२ गते पनि मौलिक होली खेलेर फागुन २३ गते समापन गरिने आयोजकले जनाएको छ ।

सुदूरपश्चिम सहित बैतडी दार्चुलाको संस्कृति संरक्षणका लागि स्थापित बैतडी दार्चुला सांस्कृतिक समिति अत्तरियाले यस क्षेत्रका मौलिक चाडपर्वको अवसरहरुमा बिभिन्न कार्यक्रम गर्दै आएको छ ।