पर्खाल नाघेर शाहरुखको मन्नतमा छिरे दुई युवा, सुरक्षागार्डले समाते

पर्खाल नाघेर शाहरुखको मन्नतमा छिरे दुई युवा, सुरक्षागार्डले समाते

बलिउड अभिनेता शाहरुख खानको मुम्बईस्थित बंगला मन्नतमा दुई युवा बिनाजानकारी पर्खाल नाघेर पसेका छन्। समाचार एजेन्सी एएनआईका अनुसार मुम्बईले यस मामिलामा दुवैजनालाई पक्राउ गरी हिरासतमा लिएको छ। 

यो दुई व्यक्ति बिहीबार पर्खाल नाघेर मन्नतमा छिरेका थिए। त्यसबेला उनीहरुलाई दुई तलामाथि पुगेपछि सुरक्षा गार्डले समातेको थियो। एएनआईले पुलिसलाई उद्धृत गर्दै जनाएअनुसार यी दुवै युवकको उमेर २० देखि २२ वर्ष छ।उनीहरु शाहरुखसँग भेट्ने अपेक्षासहित गुजरातबाट मुम्बई आएका थिए। दुवैविरुद्ध जाहेरी दर्ता गरेर जाँच थालिएको छ। द इन्डियन एक्सप्रेसका अनुसार बिहीबार बिहानै ३ देखि ४ बजेको समयमा बंगलामा  घुसेका थिए। 

टाइम्स अफ इन्डियाका अनुसार यी दुई युवक मन्नतमा छिरेको समयमा शाहरुख खान ुजवानु फिल्मको सुटिङका लागि बाहिर थिए।तर उनी युवाहरु घरमा छिरेको समयमा मन्नत आइपुग्न लागेका थिए।पठान सुपर हिट भएपछि शाहरुख खान अहिले जवानु र डङ्कीु फिल्मको सुटिङमा छन्। 

शाहरुखको ुपठानु ले बक्स अफिसमा एक हजार करोडभन्दा धेरै आम्दानी गर्न सफल भएको थियो।