किन तब्बू आफू सिंगल हुनुको दोष अजयलाई दिन्छिन् ?

किन तब्बू आफू सिंगल हुनुको दोष अजयलाई दिन्छिन्  ?

बलिउडमा ८०/९० को दशकका केही अभिनेत्रीहरु अझै अविवाहित छन् । त्यसमध्येमा पर्छिन्, तब्बू । उनको केही अभिनेतासँग नाम जोडिएको भए पनि विवाह गरेकी छैनन् । उनको अभिनेता अजय देवगनसँग खास बोन्डिङ छ । उनीहरु ‘क्लास मेट’ समेत हुन् । एक समय दुवैले एकअर्कालाई ‘डेट’ समेत गरेको चर्चा हुने गर्छ । तर, आज पनि उनीहरुबीच अत्यन्त हार्दिक सम्बन्ध छ ।

तब्बूले प्रायः आफू अविवाहित हुनुमा अजय देवगनलाई दोष दिने गरेकी छन् । मुम्बई मिररसँगको एक अन्तर्वार्तामा उनले भनेकी छन्, ‘जब म सानै थिएँ, तब मेरो भाई समीर र अजय देवगन मिल्ने साथी थिए । त्यसबेला दुवैले ममाथि नजर राख्ने गरेका थिए । जब कोही केटाहरु मेरो नजिक आउने कोशिश गर्थे तब दुवैले धम्की दिएर भगाउँथे । यसैले म सिंगल हुनुको कारण अजय हुन् ।’

तब्बूले अजयसँग आफ्नो सम्बन्ध निकै खास रहेको बताएकी छन् । ‘अजय मात्र यस्तो व्यक्ति हुन्, जसलाई म पूरापुर भरोसा गर्न सक्छु,’ उनले भनेकी छन् । दुवैले कयौं फिल्ममा एकसाथ काम गरिसकेका छन् । ‘विजयपथ’, ‘दृश्यम’, ‘गोलमाल अगेन’, ‘दे दे प्यार दे’, ‘दृश्यम २’ अजय(तब्बूको सुपरहिट फिल्मध्येमा पर्छन् । उनीहरु अभिनीत नयाँ फिल्म ‘भोला’ प्रदर्शनको पखाईमा छ ।