आधा घण्टाको फरकमा भूकम्पका दुई धक्का

आधा घण्टाको फरकमा भूकम्पका दुई धक्का

काठमाडौं । अछाममा भूकम्पको धक्का महसुस गरिएको छ । आइतबार बिहान ८ बजेर ३५ मिनेटमा अछामको छतारा आसपास केन्द्रविन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार आजै बिहान ८ बजेर ३ मिनेटमा काभ्रेपलाञ्चोकको दाप्चा छत्रेबाँझ आसपास केन्द्रविन्दु भएको ४.३ म्याग्निच्युडको भूकम्पको धक्का मापन गरिएको थियो ।

३२ मिनेटको फरकमा देशका भिन्दाभिन्दै स्थानमा चार म्याग्निच्युडमाथिका भूकम्पका दुई धक्का मापन गरिएको हो ।

अछाममा नयाँ भूकम्प र काभ्रेको धक्का विनाशकारी ‘गोरखा भूकम्प’को परकम्प भएको केन्द्रका भूकम्पविद् भरत कोइरालाले जानकारी दिए ।

यी भूकम्पका कारण कुनै क्षतिको विवरण आएको छैन ।