‘दिलमाया २’ टिजरमा महिला हिंसाको कथा

‘दिलमाया २’ टिजरमा महिला हिंसाको कथा

राजु गिरीको निर्देशनमा बनेको फिल्म ‘दिलमाया २’को टिजर सार्वजनिक गरिएको छ । आगामी वर्षको असार २९ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै आइतबार सार्वजनिक गरिएको टिजरमा महिलामाथि हुने घरेलू हिंसालाई देखाइएको छ । छोरीमाथि समाज र परिवारले कसरी विभेद र दमन गर्छ भन्ने कुरा टिजरमार्फत् अभिव्यक्त गरिएको छ । यद्यपि, टिजर ‘कटिङ’ हदैसम्म कमजोर छ ।

किरण नेपाली र सेन्जल पौडेलको मुख्य भूमिका रहेको फिल्ममा सविन बास्तोला, राजु गिरी, अस्मिता बस्नेत, नारायण खाती, हिरा देवि श्रेष्ठ, माया श्रेष्ठ, काजल गिरी, कंगना गिरी, कमल वलीलगायतको अभिनय पनि छ । राजु गिरी प्रोडक्सनको व्यानरमा निर्माण भएको फिल्मको पटकथा र संवाद निर्देशक गिरी स्वयंको हो । यो फिल्मको पहिलो श्रृंखला २०६३ सालमा प्रदर्शन भएको थियो ।

बिष्णु निराकर र सुस्मिता खत्रीको छायांकन रहेको फिल्ममा खुम बहादुर सुनार र संगीता खत्रीको सम्पादन छ । फिल्मलाई शंकर गिरी, पुर्णकला गिरी र सरिता गिरीले निर्माण गरेका हुन् । भिष्मराज फुलाराको गीत रचना, अर्जुन पोखरेल र राजेन्द्र बजगाईको संगीत, रामजी लामिछानेको नृत्य निर्देशन तथा देव महर्जनको द्वन्द्व निर्देशन रहेको फिल्मको प्रोडक्सन म्यानेजर रेश्मा केसी हुन् ।