निशाले दिइन् शरदविरुद्ध अंशको मुद्दा

निशाले दिइन् शरदविरुद्ध अंशको मुद्दा

नायिका नीशा अधिकारी र क्रिकेटर शरद भेष्वाकरको बैबाहिक जीवन संकटमा परेको छ । निशाले काठमाडौं जिल्ला अदालतमा शरदविरुद्ध अंश मुद्दा दायर गरेसँगै उनीहरुको बैबाहिक जीवन संकटमा देखिएको हो । 

निशाले आफ्ना एकल सन्तानको रुपमा रहेका छोरालाई समेत अंश भाग लगाउन माग गर्दै मुद्दा दायर गरेकी छिन् । आइतबार न्यायधिस कमलप्रसाद ज्ञवालीको इजालसले सम्पत्तीको फाँटबारी माग गर्ने आदेश दिएको छ । 

निशा र शरदको सम्बन्धमा दरार आएको खबर केही बर्ष अगाडिदेखि नै फिल्म क्षेत्रमा चल्ने गरेको थियो । तर, दुबैले यो बिषयमा केही पनि बोलेका थिएनन् । 

निशा र शरदले वि।सं २०७४ सालमा बिहे गरेका थिए । बिहे लगतै निशा अमेरिका गएकी थिइन् । उनले, २०७५ मा अमेरिकामा नै सन्तानलाई जन्म दिएकी थिइन् । 

निशाले सम्बन्ध विच्छेदको मुद्दा भने दायर गरेकी छैनन् । नेपालको कानुनमा सम्बन्ध विच्छेद नगरी अंश माग गर्न सक्ने कानुन छ । 

निशाले अंशको मात्र माग गर्दा सम्बन्ध बिच्छेद भने हुँदैन । निशाले अभिनय गरेको फिल्म ‘म’ यसै बर्ष रिलिज भएको थियो । उनले फिल्म ‘आँखा’मा पनि काम गरिसकेकी छिन् भने शोभित बस्नेतको निर्माणमा तयार हुने फिल्म ‘जय हो’ पनि साइन गरेकी छिन् ।