रेडियो धनगढीको आयोजनामा चौराहामा होली विशेष कार्यक्रम हुँदै

रेडियो धनगढीको आयोजनामा चौराहामा होली विशेष कार्यक्रम हुँदै

धनगढी । धनगढी चौराहा होली विशेष कार्यक्रम हुने भएको छ । फागुन २३ गते धनगढी चौराहा होली कार्यक्रम हुने भएको छ ।

होली विशेष कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरू आउने भएका छन् । गायक चक्र बम लगायत स्थानियकलाकारको प्रस्तुति रहने छ।

कार्यक्रम बिहान ११ बजेदेखि सुरु हुने छ । कार्यक्रमको आयोजना रेडियो धनगढी र एसटीएस टेलिभिजन रहेको छ । तराईमा होली पर्वलाई विशेष तरीकाले मनाउने गरिन्छ । भोली तराइमा धूमधामका साथ होली मनाइन्छ ।