डोटीमा कुटपिट गरी हत्या गरेको आरोपमा एक जना पक्राउ

डोटीमा कुटपिट गरी हत्या गरेको आरोपमा एक जना पक्राउ

डोटी । डोटीमा कुटपिट गरी हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । जिल्लाको पूर्वीचौकी गाउँपालिकामा स्कुलमा लेबरी काम गर्ने कैलालीको धनगढी उपमहानगरपालिका–१७ धुर्जनाका ३५ वर्षीय रजि साउदको कुटपिट गरी हत्या गरेको आरोपमा सोही ठाउँका ३५ वर्षीय डबल सेट्टीलाई आइतबार राति पक्राउ गरिएको हो ।

मादक पदार्थ सेवन गरी डबलले कुटपिट गर्दा गम्भीर घाइते भएका  रजिको उपचारको लागि धनगढीतर्फ ल्याउदै गर्दा मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।