कमेडीको नाममा केदार र किरणको दीपा र बेनिशालाई ‘अपाच्य शब्द’

कमेडीको नाममा केदार र किरणको दीपा र बेनिशालाई ‘अपाच्य शब्द’

के कमेडी गर्ने कलाकारले जस्ता शब्द प्रयोग गरेर बोल्दा पनि हुन्छ रु कमेडीको नाममा महिलामाथि छाडा शब्द प्रयोग गर्न मिल्छ ?

यदि, मिल्दैन भने सोमबार आयोजना भएको होली विशेष कार्यक्रममा हाँस्य कलाकारद्धय केदार घिमिरे र किरण केसीले आफ्ना सहकर्मी महिला कलाकारहरूसँग माफी माग्नुपर्छ कि पर्दैन रु तर, उनीहरूले अहिलेसम्म माफी माग्ने चेष्टा समेत गरेका छैनन् । 

‘छक्का पन्जा ४’को प्रमोसनका लागि रेडियो अडियोले आयोजना गरेको होली विशेष कार्यक्रममा स्टेजबाटै किरण केसीले दीपाश्री निरौलामाथि संवेदनशील र व्यक्तिगत गोपनीयताको समेत हनन गर्दै प्रश्न गरे । 

कार्यक्रम संचालिक राधिकाले किरणलाई सोधिन्–‘तपाइले कुनै नायिकासँग विवाह गर्ने मौका मिल्यो भने कोसँग गर्नुहुन्छ होला ?

यसको जवाफ दिँदै किरणले भने–‘म पनि मोटे छु । उनी पनि मोटी छन् । नायिका पनि हुन् । बाहिर त मैले बहिनी भन्ने गरेको छु । पाएसम्म दीपाश्रीलाई नै बिहे गर्छु । नेपालमा बहिनी भन्दै लभ गर्ने चलन छ नि । अहिलेसम्म च्वाँक पनि छिन्, भर्जिन पनि छिन्।।।भर्जिन त कुन्नि । घिउ कहाँ पोखियो, दालमा पोखियो।।।। ’

दीपाश्रीको संवेदनशील विषयमा भीडको अगाडि कमेडी गर्ने अधिकार किरण केसीलाई कसले दियो कुन्नि रु के किरणले यो विषयमा सार्वजनिक रूपमा माफी माग्नु पर्दैन र रु

अब कुरा केदार घिमिरेको । केदार कमेडीमा माहिर मानिन्छन् । तर, सोमबार बाँनेश्वरमा आयोजित कार्यक्रममा केदारले पनि महिला संवेदनशीलताको विषयमा ख्याल नै गरेनन् । कार्यक्रम संचालिक राधिका कँडेलको पाखुरामा च्याप्प समाएर केदारले भने–‘हामीलाई त माथिको गालामा रंग लगाइदिएका थिए । यिनको त तलको गालामा लगाइदिएछन् ।’

राधिकाले त्यो त पाइन्टको गाला हो भन्दै कुरा टार्ने कोसिस गरिन् । राधिकापछि स्टेजमा देखिएकी बेनिशामाथि पनि केदारले भद्दा मजाक गरे । उनले बेनिशाको हात समात्दै भने–‘बेनिशा हमाल, तलतिर कमाल ।’
त्यसपछि फेरि उनले बेनिशाको कपडा हेर्दै भने–‘तलबाट बतास आयो भने त उडाएर लान्छ नि । मान्छे अनामनगर, लुगा कोटेश्वर होला फेरि ।’

बेनिशाले पनि हाँसेरै यो कुरा टार्ने कोसिस गरिन् । उनले, रोस्ट गर्न बोलाएको हो र यहाँ भन्दै होलीको शुभकामना दिइन् । स्टेजमा विना तयारी नै आइपुगेका हाँस्य कलाकारहरूले महिलामाथि भद्दा मजाक गर्दै गर्दा उनीहरूको संवेदनशीलताको ख्याल नै गरेनन् । हरेक ठाउँमा जे विषयमा पनि कमेडी नै हुन्छ भन्ने सोच कहिले हट्ला त खै ?