कस्तो छ घाइते अमिताभ बच्चनको अवस्था ?

कस्तो छ घाइते अमिताभ बच्चनको अवस्था ?

फिल्म सुटिङका क्रममा घाइते भएका बलिउड अभिनेता अमिताभ बच्चनले आफ्नो स्वास्थ्यमा सुधार भइरहेको बताएका छन्। 

मंगलबार ट्विटरमार्फत उनले फ्यानहरूको प्रार्थनाले आफूलाई सञ्चो हुँदै गएको उल्लेख गर्दै उनीहरूलाई धन्यवाद दिएका छन्। 

अमिताभ बच्चनले आफ्नो ब्लगमा हैदरावादमा फिल्म ‘प्रोजेक्ट के’  सुटिङका ​​क्रममा एक्सन सिन गर्ने क्रममा घाइते भएको र त्यसपछि मुम्बई फर्किएको बताएका थिए। बीबीसी हिन्दी