एसपीए ईभीकार सार्वजनिक

एसपीए ईभीकार सार्वजनिक

धनगढी / एसपीए कलेजका विद्यार्थी सागर खनालले बनाएकोे एसपीए ईभिी मोडल एक कारको  बुधवार धनगढीमा एक कार्यक्रमबीच सार्वजनिक गरीएको छ ।

कलेजमा भएको उक्त कार्यक्रममा धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले कार सार्वजनिक गरेका हुन् । एसपीएको कक्षा १२ विज्ञान संकायमा अध्ययनतर सागर खनालले उक्त कार बनाएका हुन । 

उक्त कार बनाउन उनलाई ६ महिनाको समय लागेको थियो । उक्त कार निमार्ण लागत ३ लाख रुपैया छ । कार निर्माणको सम्ुर्ण खर्च एसपीए कलेजले व्यहोरेको छ । 

निर्माणकर्ता सागरका अनुसार एक पटक चार्ज गरेमा उक्त कार ८० देखि एक सय किलोमिटर सम्म चल्न सक्छ । कार स्टार्ट गर्नका लागी चावी संगै सेक्यूरेटी नम्बर पनि आवश्यक पर्दछ । यसले गर्दा कार चोरी हुने सम्भावना नरहने खनालले बताए । 

त्यसबाहेक कारमा फोल्डीङ सिटको व्यवस्था गरीएको छ । सिटहरु आवश्यकता अनुसार अगाडि पछाडि फोल्डीङ गर्न सकिन्छ । कारमा विभिन्न क्यामराहरुको प्रयो्ग गरीएको छ । जसले गर्दा चालकले अगाडी पछाडी कोही भए नभएको हेर्न सक्छन । यो ईलेक्टोनि कार भएकाले वातावरण मैत्री पनि छ । कारको उद्धघाटन संगै मेयर हमालले निर्माणकर्ता सागरसंगै बसेर कलेजको प्रांगणमा फन्को लगाएका थिए । 

कारको सवारी गरेपछि मेयर हमालले निमार्ण कर्तालाई बधाई दिदै  कलेजले आफ्ना विद्ययार्थीको प्रतिभा विकासमा गरेको लगानीको प्रसंसा गरे । 
मेयर हमालले सागर जस्तै अरु आविष्कारक यूवाहरुलाई सपोर्ट गर्न उपमहानगरपालिका सधै तत्पर रहने बताए । 

कार्यक्रममा एसपीएका क्यामपस प्रमुख योगराज उपाध्यायले विधाार्थीले देखाएको ईच्छाशक्तिलाई यथार्थमा प्ररिणत गर्न एसपीए कलेज ठुलो लगानी गर्न समेत पछि नपर्ने कुराको उदाहरण यो भएको बताए । 

निर्माण कर्ता सागर खनालले कलेजको सपोर्ट बाट मत्रै आफ्नो सपना सकार भएको बताए । आफुले उक्तकार बनाउने आईडिया कलेजका प्रबन्ध निर्देशक सुवास शाहीलाई प्रस्ताब राखेको अर्को दिनमै कलेज लगानी गर्न तयार भएको उनले बताए ।

No description available.

No description available.

No description available.

No description available.