एनसेलको सिम प्रयोग नगर्न नेकपाका युवा र विद्यार्थी नेताको अपिल

एनसेलको सिम प्रयोग नगर्न नेकपाका युवा र विद्यार्थी नेताको अपिल

सत्तारुढ नेकपाका युवा र विद्यार्थी संगठनका नेताहरुले एनसेलको सिम प्रयोग नगर्न संयुक्त अपिल गरेका छन् ।वाईसीएलका अध्यक्ष रामप्रसाद सापकोटा (दीपशिखा), युवासंघ अध्यक्ष रमेश कुमार पौडेल, अनेरास्ववियु अध्यक्ष नविना लामा र अनेरास्ववियू (क्रान्तिकारी)का अध्यक्ष रञ्जित तामाङले बिहीबार संयुक्त विज्ञप्ति निकालेर एनसेलको सिम कार्ड प्रयोग नगर्न अपिल गरेका हुन् ।

‘एनसेलले राज्यलाई तिर्नुपर्ने कर नतिर्दासम्म एनसेलको सिम प्रयोग नगर्न, नगराउन मातहतका सबै साथीहरु र आम जनसमुदायमा हार्दिक अपिल गर्दछौं,’ संयुक्त विज्ञप्तिमा लेखिएको छ ।

२४ घण्टाभित्र एनसेलले कर नतिरेमा दबावका कार्यक्रम घोषणा गरिने चेतावनी पनि उनीहरुले दिएका छन् । साथै एनसेललाई कर छुट दिने वा अन्य कुनै प्रकारका विशेष सहुलियत दिने जस्ता निर्णय नगर्न नेकपाका युवा तथा विद्यार्थी संगठनका नेताहरुले सम्बद्ध निकायहरुलाई आग्रह समेत गरेका छन् ।

हेर्नुहोस् विज्ञप्ति