धनगढीमा नाबालिका बलात्कार आरोपमा २ जना पक्राउ

धनगढीमा नाबालिका बलात्कार आरोपमा २ जना पक्राउ

धनगढी । धनगढीमा नाबालिकामाथि सामूहिक बलात्कारको आरोपमा २ जना पक्राउ परेका छन् ।  

धनगढी उपमहानगरपालिका-१० जुगेडा बस्ने १३ वर्षीया बालिकामाथि १७ फागुनमा सामूहिक बलात्कार भए पनि ढिलोगरी घटना सार्वजनिक भएको हो ।

प्रहरीले पीडित बालिकाका परिवारले घटनाबारे जानकारी दिएपछि बलात्कारमा संलग्न रहेको आरोप लागेका दुई जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदिप चन्दले पीडितका परिवारले उजुरी दिएपछि १६ र १७ वर्षका किशोरलाई पक्राउ गरिएको जानकारी दिए ।

उनकाअनुसार बुधबार दुवै जनाविरुद्ध जबरजस्तीकरणी कसुरमा मुद्दा दर्ता गरेर बालिकाको स्वास्थ्य परीक्षणसमेत गरिएको छ ।

घटनाका अभियुक्त समेत नाबालक भएकाले प्रहरीले उनीहरुको परिचय गोप्य राखेका छ । दुवै जनालाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।