उपराष्ट्रपतिको उम्मेदवारी दर्ता आज

उपराष्ट्रपतिको उम्मेदवारी दर्ता आज

काठमाडौं । उपराष्ट्रपतिका लागि आज शनिबार उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ। बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म नयाँ बानेश्वरस्थित संसद् भवनमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गर्न सकिनेछ।

शनिबार नै दिउँसो २ बजेदेखि ३ बजेसम्म मनोनयन दर्ता गरेका उम्मेदवारको सूची प्रशासन हुनेछ। दिउँसो ३ बजेदेखि बेलुका ६ बजेसम्म मनोनयन दर्ता गरेका उम्मेदवारका विरोधमा उजुरी दिने समय निर्धारण गरिएको छ।

शनिबार बेलुका ६ बजेदेखि आइतबार दिउँसो १२ बजेसम्म मनोनयन र उजुरीपत्र जाँचबुझ गरी निर्णय गर्ने कार्यक्रम गरिने निर्वाचन आयोगले जनाएको छ। आइतबार १२ बजेदेखि १ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गर्ने, १ बजेदेखि ४ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने र आइतबार ४ बजेदेखि ५ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ।

उपराष्ट्रपतिका लागि चैत ३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ। उपराष्ट्रपतिका लागि भने अहिलेसम्म दलहरूले उम्मेदवार टुंगो लगाएका छैनन्।