‘नाई नभन्नु ल ६’को ‘दिउला माया’ गीतमा आँचल र आर्शिवादको छल्किएको प्रेम

‘नाई नभन्नु ल ६’को ‘दिउला माया’ गीतमा आँचल र आर्शिवादको छल्किएको प्रेम

बैशाखको १ गतेबाट रिलिज हुन लागेको फिल्म ‘नाई नभन्नु ल ६’मा समावेश पहिलो गीत ‘दिउँला माया’ आज सार्वजनिक भएको छ । युट्युबबाट सार्वजनिक गरिएको गीतमा शरद शंकर र बेनिशा पौडेलको स्वर, शरद शंकरको संगीत, बिकासराज आचार्यको शब्द छ । 

सार्वजनिक गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरु नव–नायक आर्शिवाद क्षेत्री र नायिका आँचल शर्मालाई फिचरिङ गरिएको छ । 

भिडियो हेर्दा फिल्ममा आर्शिवाद सफल गायक र आँचल गायन क्षेत्रमा जम्न खोज्ने एक गायिकाको रुपमा देखिएको अड्कल लगाउन सकिन्छ । 

बिकासराज आचार्यको निर्देशनमा तयारभ एको फिल्ममा संजय न्यौपाने, रमेश चौधरी र पुरुषोत्तम प्रधान कार्यकारी निर्माताको रुपमा छन् । फिल्ममा विकासराज आचार्य र बिष्णुमणी दाहाल 
निर्माताको रुपमा छन् । 

फिल्ममा बिकासराज आचार्य, सामिप्य तिमिल्सिना, अभिमन्यू निरवीको कथा, हिमाल केसीको एक्सन, सन्देश शाहको सम्पादन, कविराज गहतराज र मनोज विश्वकर्माको कोरियोग्राफी, भूपेन्द्र रायमाझी, बसन्त सापकोटा र शरद शंकरको संगीत छ । 

‘नाई नभन्नु ल’का अघिल्ला ५ सिरिजले नै दर्शकमाझ राम्रो छाप छाडेका थिए । यसैले, सांगीतिक लभ स्टोरी कथामा तयार भएको छैटौं सिरिज पनि दर्शकमाझ लोकप्रिय हुने अपेक्षा गर्न सकिन्छ । 

यो फिल्ममा सरोज खनाल, प्रियंका कार्की, केकी अधिकारी, सलोन बस्नेत लगायतका कलाकारको पनि मुख्य भूमिका छ ।