सल्यान । सल्यानमा भरुवा बन्दुक पड्किँदा एक जनाको मृत्यु भएको छ ।
बनगाड कुपिण्डे-९ स्वाराका अन्दाजी ४० वर्षीय चित्रबहादुर रावतको भरुवा बन्दुकको गोली लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक सन्तोष खनालले जानकारी दिए ।
जंगलमा सिकार खेल्न गएका बेला सोही ठाउँका आइते रावतले बोकेको भरुवा बन्दुक एक्कासी पड्किएर पेट र घाँटीमा चोट लागेर गम्भीर घाइते भएका चित्रबहादुरको उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।
घटनामा संलग्न रावत फरार भएको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।