छक्का पन्जाका 'दिपकराज गिरी'को नौटंकी

छक्का पन्जाका 'दिपकराज गिरी'को नौटंकी

 धनगढी : गत असोज ७ गते रिलिज भएको ‘प्रेम गित–३’ लाइ सिध्याउनका लागि ‘छक्का पन्जा ४’ का दिपकराज गिरी हात धोएर पछि लागेका थिए। 

त्यसो त सो फिल्म चल्न नदिन नेपाल चलचित्र बिकास बोर्डका अध्यक्ष भुबन के.सी सहित अन्य धेरै फिल्मकर्मिहरु लागि परेका थिए। आखिर जसले जति नै शक्ति प्रदर्शन गरेता पनि सो चलचित्रलाइ कसैले हल्लाउन पनि सकेन अन्तमा सफल भएरै छोड्यो। 

अहिले पनि दिपक दिपाको ‘छक्का पन्जा ४’ र अनमोल केसी अभिनित ‘छड्के २.०’ गत १९ गते देखि प्रदर्शनमा आएका थिए। ‘छक्क पन्जा ४’ ले ठिक ठाकै व्यापार ब्यापार गरिराखेको छ भने ‘छड्के २.०’ भने हल बाट बाहिसकेको छ। 

जब सन्तोष सेनको ‘प्रेम गित–३’ को प्रदर्शन भयो त्यो बेलामा दिपकराज गिरिले सो चलचित्र लाइ साथ र प्रमोसनमा सहयोग गर्नु त परको कुरा हो आफ्नो फेसबुक वाला मा एउटा पनि सो चलचित्रको पोस्टर सम्म पनि देखिएन । झन उल्टै सन्तोष सेन, प्रदिप खड्का लगायत ‘प्रेम गित–३’ को फेसबुकमा नानाथरि स्टाटस लेखेर ब्याङ्गयात्मक शैलीमा गलिगलोज गर्यो देश द्रोही भन्न समेत भ्याए। पछि दर्शकहरुको आथाह गाली उनले आफ्नो फिल्म नचल्ने हो की भन्ने डरले अलि अलि 'प्रेम गित ३' को प्रचार गरेजस्तो पनि गरे । चलचित्रको पर्दाको आफैले आफैलाई बनाएको राजा उनी आफुलाई साँचिकै चलचित्र क्षेत्र कै राजा ठान्छन्। 

सन्तोष सेन जस्तो निडर र निस्वार्थ भवना भएको ब्यक्ती नेपाली चलचित्र जगतमा सायदै कमै छन्। उनको चलचित्रलाई जतिले पनि बहिस्कार गर्न खोजे पनी उनिमा भने बद्ला को भवना कदापि छैन। जसरी दिपकराज गिरि ले सन्तोष सेनको चलचित्र लाइ ब्याङ्गयात्मक गालि गर्थे । त्यसको दोब्बर अहिले दिपकराज गिरिको ‘छक्क पन्जा ४’ को प्रचार गरीराखेका छन्। 

हालै पनि उनले छक्कपन्जा ४ को पोस्टर राख्दै यसो लेख्छन् 

‘मैले जे भनेको थिए र आफुले जे सोचेको थिए त्यो पुरा भयो ।।

यस्को लागी सम्पूर्ण टिमलाई बधाई तथा सुभकामना ।।

स्पेशल दिपक दाईलाई मुरी मुरी बधाई’। 

र दिपकराज गिरि सोही पोस्टको तल कमेन्टमा यसो लेख्छन ‘धन्यवाद प्रिय सन्तोष भाइ । हामि सबैले यसरी नै एक ले अर्को लाइ सपोर्ट गर्दै अगाडि बढ्नुको बिकल्प छैन । शब्दहरूका लागि धन्यबाद ।’

हुन त छक्कपन्जाको कथा खास्सै खोजेजस्तो भएन भन्ने पनि फिल्म हेर्न हलमा गएका दर्शको भनाई छ। उहि पार्ट १, २ र ३ कै कमि कमजोरी दोहोरिएको भनाइ छ। भने केही आरोपहरु पनि लागेका छन् । सुदुरपश्चिमको भाषाको मजाक उडाएर फिल्ममा डाइलगहरु बोलेको, हास्यव्यङ्ग्य क्षेत्रका कलाकारलाइ अरुको भाषाको टोनलाइ मजाक बनाएको जस्ता थुप्रै कमि कमजोरी देखिएका छन्। 

तर सकारात्मक पक्ष, अहिलेको शृङ्खलामा महिलालाई हासोको पात्र भने बनाइएको छैन। दुईअर्थी हसाउने दृष्य र संवादको प्रयोग भने प्रशस्तै छ।