‘छक्का पञ्जा ४’को सहकारी सम्बन्धी संवाद हटाउन सहकारी महासंघको बोर्डसँग माग

‘छक्का पञ्जा ४’को सहकारी सम्बन्धी संवाद हटाउन सहकारी महासंघको बोर्डसँग माग

घरेलू बक्सअफिसमा आक्रामक कमाई गरिरहेको फिल्म ‘छक्का पञ्जा ४’मा समावेश सहकारी सम्बन्धी एउटा संवाद हटाउन माग गर्दै राष्ट्रिय सहकारी महासंघले सोमबार चलचित्र विकास बोर्डमा निवेदन बुझाएको छ । महासंघका अध्यक्ष मिनराज कंडेलद्वारा हस्ताक्षरित निवेदनमा सहकारी क्षेत्रको विश्वसनीयतामाथि नै प्रश्न उठाउने खालको संवाद प्रयोग भएकोमा आपत्ति जनाइएको छ ।

निवेदनमा लेखिएको छ, ‘छक्का पञ्जा ४’मा सहकारी सम्बन्धी लाञ्छनायुक्त एवं नारी अस्मितामा खलल पुग्ने संवाद रहेकोमा समग्र सहकारी अभियानको तर्फबाट महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । यसर्थ सहकारी क्षेत्रको विश्वसनीयतामाथि प्रश्न उब्जिने उक्त कपोलकल्पित, भ्रामक, तथ्यहीन संवादको घोर भर्त्सना गर्दै भ्रम सिर्जना हुने उक्त संवाद तत्काल हटाउन अनुरोध गर्दछौं ।’

फिल्ममा महिलालाई भाग्ने सहकारीको रुपमा ब्याख्या गरिएको संवाद छ । उक्त संवादप्रति सहकारी क्षेत्रका विभिन्न व्यक्तिहरुले आपत्ति जनाएका छन् । केही दिन अगाडि सहकारी सञ्चालक तथा कलाकार मधुसुधन पाठक ९सिते बा०ले सहकारीको विषयमा अतिरञ्जित हिसाबले राखिएको संवादप्रति घोर आपत्ति जनाउँदै अध्ययन बिना प्रयोग गरिएको संवाद सही नभएको बताएका थिए ।