विश्वकप क्रिकेट लिग–२ : नेपालले अन्तिम खेल युएईसँग खेल्दै

विश्वकप क्रिकेट लिग–२ : नेपालले अन्तिम खेल युएईसँग खेल्दै

काठमाडौँ ।  विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज (बुधबार) घरेलु टोली नेपालले अन्तिम खेल युएईसँग खेल्दैछ ।

कीर्तिपुरको त्रिभुवन विश्वविद्यालय खेल मैदानमा बिहानदेखि सुरु हुने खेल जितेर विश्वकप छनौट प्रतियोगितामा स्थान बनाउने लक्ष्यका साथ नेपाल मैदान प्रवेश गर्दैछ । यसअघि नेपालले युएईलाई दुई पटक पराजित गरिसकेको छ ।

यसअघि नेपालले दिएको २४९ रनको लक्ष्य पछ्याएको युएई २२.५ ओभरमा ७१ रन बनाउँदा अलआउट भएको थियो । 

घरेलु मैदानमा एक दिवसीय त्रिकोणात्मक सिरिजमा युएईमाथि सानदार जित निकालेपछि नेपालले आगामी ४ वर्षका लागि एक दिवसीय मान्यता जोगाई सकेको छ ।