‘जाने भए जाऊ’ गीत सार्वजनिक

‘जाने भए जाऊ’ गीत सार्वजनिक

काठमाडौँ । गायक रूपक डोटेलको नयाँ गीत सार्वजनिक भएको छ । सरिता सापकोटाको शब्दमा रहेको ‘जाने भए जाऊ’ बोलको गीतको भिडियोसहित सार्वजनिक भएको हो । ‘फाइभ स्टार्स’ नामक युट्युब च्यानलबाट उक्त गीतको म्युजिक भिडियो सार्वजनिक गरियोे । 

मनोज चौलागाईंको सङ्गीत तथा संयोजन रहेको सो गीतलाई प्रकाश मिश्रले मिक्सिङ गर्नुभएको छ । टेकेन्द्र शाहले भिडियो निर्देशन गर्नुभएको छ भने म्युजिक भिडियोमा विकास लामिछाने, ऋचा थापा र अशोक घिमिरेको अभिनय रहेको छ ।