‘सक्किगोनी’ को तेस्रो संस्करण प्रशारणमा आउँदै

‘सक्किगोनी’ को तेस्रो संस्करण प्रशारणमा आउँदै

धनगढी । नेपाली चर्चित हाँस्यटेली श्रृखला ‘सक्किगोनी’ प्रशारणमा आउने भएको छ ।

झण्डै दुई महिना बढी समयदेखि टेलिभिजनमा प्रशारण हुन नसकेको सो टेलिश्रृखलाको तेस्रो संस्करण प्रशारणमा आउने भएको हो । निर्माण चरणमा रहेको तेस्रो संस्करण नयाँ वर्षदेखि प्रसारणमा ल्याउने गरि निर्माता टोलीहरुले तयारी गरिरहेको जनाएको छ । 

छोटो समय नै लाखौं दर्शकहरू माझ लोकप्रिय बन्न सफल टेलिश्रृखला ‘सक्किगोनी’ का दुई संस्करण हिमालयन टेलिभिजनमा प्रशारण भईसकेका छन् भने तेस्रो संस्करणका लागि निर्माता टोलीले कुन टेलिभिजनमार्फत प्रशारण गर्ने भन्ने निर्णय गर्न सकेको छैन् ।

टेलिश्रृखलामा अर्जुन घिमिरे (पाँडे), कुमार कट्टेल (जिग्री), सागर लम्साल (बले), हरि निरौला (कक्रोज), चिरन्जीवी प्रसाद पुडासैनी (धतुरे), कमलमणि नेपाल (खुपिका बाउ), गोबिन्द कोइराला (जयन्ते), दिपक आचार्य (काकु), रक्षा श्रेष्ठ (रक्षा), रस्मी पान्डे (माकुरी), प्रियाना आचार्य (मुन्नि), सुबोध गौतम (यदुमे) लगायतका कलाकारहरुको अभिनय रहेको छ । टेलिश्रृखलाको कथा/पटकथा/सम्बाद/लेखन/निर्देशन अर्जुन घिमिरे (पाँडे), कुमार कट्टेल (जिग्री) ले गर्दै आएका छन् ।

टेलिश्रृखलाका बारेमा बजारमा जे जति बिबादास्पद हल्ला आएपनि त्यसमा कुनै सत्यता नरहेको लेखक, निर्देशक तथा कलाकार रहेका अर्जुन घिमिरे (पाँडे) ले बताए । धनगढी खबरसंगको टेलिफोन कुराकानीमा उनले भने –‘टेलिश्रृखलाको तेस्रो संस्करणको निर्माणका लागि समय लागेको छ । त्यही कारण केही समय प्रशारण रोकिएको हो’ उनले भने –‘यहि नयाँ बर्ष बैशाखदेखि तेस्रो संस्करणका अंकहरू नियमित प्रसारण हुनेछन् ।’

उनका अनुसार तेस्रो संस्करण युटुबमा पुरानै च्यानलबाट प्रसारण हुने छ भने टेलिभिजनबारे अहिलेसम्म टुङ्गो लागिसकेको छैन । उनले भने –‘छिट्टै तेस्रो संस्करणको टेलिभिजनसंग टुङ्गो लाग्ने छ ।’ 

पुरानै कलाकार तथा पुरानै भेषभुषामा प्रशारणमा आउन लागेको तेस्रो संस्करणमा कथा, शैली र कडा व्याग्यांत्मक टेलिश्रृखलामा देख्न पाइने उनी बताउँछन् ।