कञ्चनपुरमा लागूऔषधसहित एक जना पक्राउ

कञ्चनपुरमा लागूऔषधसहित एक जना पक्राउ

कञ्चनपुर । कञ्चनपुरमा  लागूऔषधसहित एक जना पक्राउ परेका छन्। जिल्लाको भिमदत्त नगरपालिका–७ हल्दुखालबाट  लागूऔषध खैरो हेरोइन ३ ग्राम ६५ मिलिग्रामसहित सोही ठाउँका २१ वर्षीय रोहित महरलाई प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले उनलाई लागूऔषधसहित पक्राउ गरेको जनाएको छ।