स्ववियु मतदानमा ४ घण्टा समय

स्ववियु मतदानमा ४ घण्टा समय

दार्चुला । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० निर्वाचन सुरू भएको छ । 
दार्चुलाका राष्ट्रिय क्याम्पस दत्तु, शंकरपुर क्याम्पस पस्ती, कृष्ण  स्नातक लाली र लटिनाथ क्याम्पस मार्मामा स्ववियु निर्वाचन सुरु भएको हो । आइतवार बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म स्ववियु निर्वाचनका लागि समय तोकिएको छ । तर जिल्लाको लटिनाथ क्याम्पस मार्मामा भने मतदानका लागि ४ घण्टाको समय तोकिएको छ । बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म मतदानको समय तोकिएको स्ववियु निर्वाचन समिती मार्माका निर्वाचन अधिकृत ईश्वर राज जोशीले बताए ।

कम विद्यार्थी सङ्ख्याका आधारमा समयमै निर्वाचन गर्न भ्याइने भएकाले ४ घण्टाको समय तोकिएको उनले बताए । मार्मामा १२८ विद्यार्थीले मतदान गर्दैछन् । यस्तै राष्ट्रिय क्याम्पस दत्तुमा ८१, शंकरपुर क्याम्पस पस्तीमा १०१ र कृष्ण स्नातक लालीमा १४६ विद्यार्थी मतदाता छन् ।

त्रिवि अन्तर्गतका दार्चुलाका ५ क्याम्पसहरूमध्ये एउटामा भने आइतवार निर्वाचन नहुने भएको छ । जिल्लाको व्याँस गाउँपालिका(६ स्थित अपीनाम्पा क्याम्पस हुतीमा निर्वाचन स्थगित छ । हुतीमा प्राविधिक समस्याको कारण देखाउदै निर्वाचन प्रक्रिया स्थगित गरिएको हो ।