उपराष्ट्रपति यादवको सपथ आज

उपराष्ट्रपति यादवको सपथ आज

काठमाडौं । नव निर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले पद तथा गोपनियताको सपथ आज सोमबार लिँदैछन् । आज बिहान १० बजे सितल निवासस्थित राष्ट्रपति भवनमा उपराष्ट्रपति यादवले पद तथा गोपनियताको सपथ लिन लागेका हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले यादवलाई सपथ खुवाउने छन् । उनी गत चैत ३ गते उपराष्ट्रपतिमा निर्वाचित भएका थिए ।

जनता समाजवादी पार्टी (जसपा) का संसाद उनलाई उपराष्ट्रपति निर्वाचनमा सत्तारुढ दल जनमत र नाउपा बाहेक अन्य दलको समर्थन थियो ।

यसैबीच, उपराष्ट्रपति यादवले आइतबार नेपालको संविधानको धारा ६२ ६ बमोजिम प्रतिनिधिसभा सदस्यको राजनीतिक पद स्वतः रिक्त हुने भएको व्योहोरा जानकारी गराउ“दै सभामुख समक्ष राजीनामा पत्र पेश गरेका छन् । पत्रमा उनले सभामुख, संघीय संसद सचिवालय, बारा निर्वाचन क्षेत्र नं.२ का मतदाता, जिल्लावासी तथा शुभेच्छुकहरुप्रति आभार प्रकट गरेका छन् ।

यसका साथै यादवले जनता समाजवादी पार्टी, नेपालमा समेत पार्टीको साधारण सदस्य लगायत सम्पूर्ण जिम्मेवारदीबाट राजनीनामा गरेको पत्र बुझाएका छन् । उपराष्ट्रपतिमा निर्वाचित हुनुअघि उनी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको सदस्य थिए ।