व्यवसायीको हकहितका लागि पार्टीले शशक्त भुमिका निर्वाह गर्नुपर्ने माग

व्यवसायीको हकहितका लागि पार्टीले शशक्त भुमिका निर्वाह गर्नुपर्ने माग

धनगढी । नेकपा एमालेको जनवर्गिय संगठन नेपाल उद्योग तथा व्यवसायी महासंघले व्यवसायीको हकहितका लागि पार्टीले शशक्त रुपमा भुमिका निर्वाह गर्नुपर्ने माग गरेका छन् ।

सोमबार धनगढीमा बसेको महासंघको तेस्रो विस्तारित बैठकको समुदघाटन समारोहमा बोल्दै बैकिङ नीति, चर्को ब्याजदर र आर्थिक मन्दीका कारण व्यवसायीहरु धरापमा परेको भन्दै पार्टीले सदनमा शशक्त रुपमा अघि बढ्नुपर्ने माग गरेका हुन् । 

महासंघका केन्द्रिय उपाध्यक्ष तथा सुदूपश्चिम इन्चार्ज सुुर्यबहादुुर थापाले व्यवसायीहरुका समस्या समाधानका लागि पार्टीले सरकारलाई दबाब दिन भूमिका खेल्नुुपर्ने बताए । उनले चर्को व्याजदर, व्यवसायीलाई मर्का पर्ने बैकिङ नीति लगायतका कारणले व्यसायिक चुुनौती थपिएकाले महासंघसँगै पार्टीले सदनबाट अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने बताउदै नभए व्यवसायी अभिभावकविहीन हुुने उल्लेख गरेका थिए । 

महासंघका केन्द्रिय कमिटि सदस्य पदम चौलागाईले व्यवसायीलाई मार पार्ने गरि राष्ट्र बैंकले नीति बनाउँदा समेत पार्टीको धारणा र सरकारलाई जिम्मेवार बनाउनतर्फ ध्यान जान नसकेको बताए ।

बैठकलाई सम्बोधन गर्दै पार्टीका केन्द्रिय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले जनबर्गीय संगठन बलियो भए पार्टी बलियो हुने बताए । उनले पार्टीको नीति बिचार र कार्यक्रम जनताका बीचमा लैजानका लागि पनि जनबर्गीय संगठनको भुमिका रहने बताए । ब्यवसायीको समस्या समाधान गर्न एमाले सडक र सदनमा सकृय भएर भुमिका निर्वाह गर्ने उनले बताए । 

कार्यक्रममा स्थायी समिति सदस्य तथा जनसंगठन समन्वय बिभाग प्रमुख भानुभक्त ढकालले ब्यवसायीका समस्या समाधानका लागि उनीहरुको आन्दोलनमा एमालेले साथ दिने बताए । 

एमाले सुदूरपश्चिम प्रदेश सचिव धर्म राज पाठकले पार्टीका सबै जनसंगठनले बर्गीय मुद्दा मा जोडिन आवश्यक रहेको बताए । 

बैठकमा महासंघका उपाध्यक्ष त्रिचन्द्र भट्टराई, महासचिव भगिरथ सापकोटा लगायतले धारणा व्यक्त गरेका थिए । 
महासङ्घका प्रदेश अध्यक्ष वीर बहादुर साउदको अध्यक्षतामा भएको बैठकको सञ्चालन सचिव मदन भट्टले गरेका थिए ।