ब्युटिसियन ट्यालेन्ट नेपालमा १३ जनाको छनौट

ब्युटिसियन ट्यालेन्ट नेपालमा १३ जनाको छनौट

काठमाडौं । पाँचौं संस्करणको ब्युटिसियन ट्यालेन्ट नेपाल–२०२३ को काठमाडौंमा आयोजित पहिलो अडिसनबाट १३ जना प्रतिस्पर्धि छनौट भएका छन् ।

अडिसनबाट मनिषा श्रेष्ठ, प्रमिला दर्नाला (पूजा), श्वेता मगर श्रेष्ठ, दीपा श्रेष्ठ, आयुषा खड्का, मन्दिरा श्रेष्ठ, रजनी खड्का, सञ्जिना सितिखु, सुनिता प्रजापति मानन्धर, पुनम साउद, संगीता सुवेदी, प्रनिशा डंगोल र उर्मिला मानन्धर छनौट भए ।


रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसनद्वारा आयोजित यो प्रतियोगिताको दोश्रो अडिसन यही चैत १० शुक्रवार आयोजना हुँदैछ ।

यो प्रतियोगिताका लागि चैत १२ गतेदेखि प्रशिक्षण प्रारम्भ भएर चैत २८ गते ग्राण्ड फिनाले आयोजना गरिने आयोजक संस्था रोज ब्युटी एकेडेमीकी अध्यक्ष सोनी कारँजितले बताइन् ।

पहिलो अडिसनको निर्णायकमा कलाकार पल्पसा डंगोल, व्युटिसियन अनिता खड्का रायमाझी, लायन्स सुरेन्द्र गिरी, ब्युटिसियन ट्यालेन्ट नेपालकी पहिलो विजेता सरिता भारती तथा कस्मेटिक विज्ञ परिषी कारञ्जित थिए ।

प्रशिक्षणको क्रममा ५० हजारभन्दा बढी मूल्य बराबरको व्युटिसियन सम्बन्धि प्रशिक्षण दिईने विलक्षण क्रियसनका अध्यक्ष डब्बु क्षत्रीले बताएका छन् । व्युटिसियनहरुलाई पार्लरबाट र्याम्प तथा स्टेजमा ल्याउने नै पहिलो नेपाली पेजेन्ट भएको आयोजकको दावी छ ।