चार किलो चरेससहित २ नेपाली भारतमा पक्राउ

चार किलो चरेससहित २ नेपाली भारतमा पक्राउ

दार्चुला । भारतको उत्तराखण्ड प्रहरीले करिब ४ किलो चरेससहित २ नेपालीलाई पक्राउ गरेको छ ।

उत्तराखण्ड प्रहरीको विशेष अपरेशन समूहले चैत ६ गते धार्चुला तहसिल नयाँ बस्तीबाट  महाकाली नगरपालिका ६ पौने खोलाका ३० वर्षीय उमेश बहादुर पाल र दुहु गाउँपालिका९१ पिपौलचौरीका २६ वर्षीय रवि कुँवरलाई पक्राउ गरेको हो ।

प्रहरीले तीन किलो ६८० ग्राम चरेस सहित उनीहरूलाई सोमवार बेलुकी ७ बजेतिर पक्राउ गरेको हो । पक्राउ परेका दुबै जनाविरुद्ध लागूऔषध ओसारपसार सम्बन्धी एनडीपीएस एक्टअन्तर्गत मुद्दा चलाइएको उत्तराखण्ड प्रहरीले जनाएको छ । 

भारतको धार्चुला क्षेत्रमा चरेससहित दुई जना पक्राउ परेको खबरपछि खलङ्गास्थित सीमा नाकाको चेकजाँचमा कडाइ गरिएको प्रहरीले जनाएको छ ।