सिसा, प्लास्टिक मिसिएको खानेकुराले सडक कुकुरको बिजोग

सिसा, प्लास्टिक मिसिएको खानेकुराले सडक कुकुरको बिजोग

सडकका कुकुरहरु दिनदिनै खानाको लागि भौतारिरहेका हुन्छन् । त्यसैले उनीहरुले कुनैपनि खानेकुरा देख्नासाथ हतारिएर खान्छन् । अरुले खाइदिन्छन्, खोसिदिन्छन् भन्ने भय हुन्छ र जतिसक्दो चाँडो खान थाल्छन् ।

यस्तो अवस्थामा त्यो खानेकुरा कस्तो हो भनेर उनीहरुले हेरिरहन पनि भ्याउँदैनन् । तपाईं आफैं मनन गर्नुहोस् त, हामी पनि चार–पाँच दिनसम्म भोकभोकै छौं भने खानेकुरा देख्नासाथ कसरी झम्टिएर खान थाल्छौं होला ।

यसरी हतारिएर खाएको बेला त्यहाँ प्लास्टिक हुन सक्छ, सिसाको टुक्रा हुन सक्छ, फलाम हुन सक्छ । उनीहरुले खानासँगै यी सबैकुरा निल्न पुग्छन्, जसले गर्दा पीडादायी रोगहरुले ग्रस्त बनाउँछ ।

खानामा मिसिएका सिसा, ब्लेड, प्लास्टिक, फलाम, ढुंगा र काठ आदिले कुकुरलाई पेटमा मात्र नभई शरीरको विभिन्न अंगमा पीडा दिन्छ । जस्तै ब्लेड तथा सिसाले मुखमा घाउ हुने, प्लास्टिक, रड र काठ पेटभित्र जाँदा र नपचेर बान्ता हुने जस्ता समस्या देखा पर्छन् ।