फिल्म मात्र होइन, प्रचार सामाग्री जुधाउनमा पनि प्रतिस्पर्धा

फिल्म मात्र होइन, प्रचार सामाग्री जुधाउनमा पनि प्रतिस्पर्धा

आउँदो बर्षको बैशाख १ गते ४ वटा नेपाली फिल्म रिलिज हुँदैछन् । यो मितिमा कुनै साउथ वा बलिउडको फिल्म नभएकाले पनि केही हदसम्म नेपाली फिल्मलाई राहत भएको छ । होइन भने, साउथ वा बलिउडका फिल्म आउँदा मेकर कसरी भाग्छन् त्यो उदाहरण धेरै पटक देखिएको छ । 

वैशाखको १ गते ‘जारी, बिहे पास, नाई नभन्नु ल ६ र बुलाकी’ नाम गरेका ४ वटा नेपाली फिल्म एकसाथ रिलिज हुँदैछन् । नयाँ बर्ष र बैशाख २ गते पर्ने शनिबारको बिदालाई ध्यानमा राखेर ४ वटा फिल्म रिलिज हुन लागेका हुन् । यसले, नेपाली फिल्म बजार गर्माएको त छ नै, ४ वटा फिल्म रिलिज हुँदा व्यापार कसले कस्तो गर्ने हो भन्ने पनि कौतुहलता छ । 

फिल्म रिलिजमा समेत होडबाजी गरेका मेकरले यसको प्रचार सामाग्री सार्वजनिक गर्न पनि होडबाजी र प्रतिस्पर्धा गरेका छन् । बैशाख १ गते रिलिज हुन लागेका ४ वटै फिल्मको फरक–फरक प्रचार सामाग्री आज सार्वजनिक भयो । 

‘नाई नभन्नु ल ६’को शिर्ष गीत, ‘बुलाकी’को नयाँ गीत सार्वजनिक हुँदा ‘जारी र बिहे पास’को ट्रेलर रिलिज आजै भएको छ । 

अझ, ‘बिहे पास र जारी’मा नायक दयाहाङ राई नै मुख्य भूमिकामा रहँदा दर्शक कन्फ्यूज हुने त पक्का छ । 

तर, फिल्म रिलिजमा त प्रतिस्पर्धा गरेका मेकरले प्रचार सामाग्री सार्वजनिक गर्न पनि प्रतिस्पर्धालाई छाडेका छैनन् । यसले, नेपाली फिल्मका मेकरबिच कुन तहको एकता छ भन्ने प्रष्ट हुन्छ ।