लागु औषधसहित दुई युवक पक्राउ

लागु औषधसहित दुई युवक पक्राउ

बुटवल ।  जिल्ला प्रहरी कार्यालय पाल्पाले लागुऔषधसहित दुई युवकलाई पक्राउ गरेको छ । शनिबार दोभान प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा दुई युवकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा कास्कीको अन्नपूर्ण गाउँपालिका–५ बिरेठाटीका ३५ वर्षीय संजय पुल्मी (नेवार) र धादिङ तिरपुर–३ मुरचोकका ३७ वर्षीय किरण गजमेर रहेका छन् । 

बुटवबाट पाल्पातर्फ गइरहेको युवक सवार ग ३ च ५९०१ नम्बरको कारमा चेकजाँच गर्ने क्रममा नुफिन ५० एप्पुल, डाइजेपाम ५० एप्पुल र फेनारगत ५० एप्पुल बरामद गरिएको प्रहरीले जनाएको छ । कारसहित दुवै युवकलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ ।