काव्यसँग राजेश पायल राईको ‘सैयाको मोयाजाल’

काव्यसँग राजेश पायल राईको ‘सैयाको मोयाजाल’

गायिका काव्य आचार्य नयाँ गीत सहित बजारमा आएकी छिन्। काव्यले यसपटक गायक राजेश पायल राईसँग युगल गायन गरेकी छिन्। गायिका आचार्य र राईको स्वरमा ‘सैयाको मोयाजाल’बोलको गीत सार्वजनिक भएको हो। 

सार्वजनिक गीत सिएल शर्माले लेखेका हुन्। पुस्कर खत्रीको संगीत संयोजन रहेको गीतमा गीतकार शर्माकै संगीत सुन्न सकिन्छ। 

गीतको म्यूजिक भिडियो पनि सार्वजनिक भएको छ। स्मृति तिमिल्सिनाले निर्देशन गरेको भिडियो छायांकन रामकुमार केसीले गरेका छन्। सुदुरपश्चिमेली भाकामा तयार पारिएको गीतको भिडियो सम्पादन टेकेन्द्र शाहले गरेका छन्। 

स्टुडियोको सेटमा तयार पारिएको गीतमा सुदूरपश्चिमका विभिन्न ठाउँ परिवेश र मायाका कुरालाई रमाइलो तरिकाले प्रस्तुत गरिएको छ। स्थानिय भाषालाई प्राथमिकता दिइएको गीतमा देशका विभिन्न ठाउँका नामलाई समावेश गरिएको छ।