बाजुरामा गएराति भूकम्पको धक्का

बाजुरामा गएराति भूकम्पको धक्का

बाजुरा । बाजुरामा गएराति भूकम्प गएको छ । जिल्लाको साप्पाटालाई केन्द्रबिन्दु बनाएर  राति १० बजेर २७ मिनेट जाँदा ४ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का बाजुरासहित आसपासका जिल्लामा पनि महसुस गरिएको थियो । पछिल्लो समय बाजुरालाई केन्द्रबिन्दु बनाएर लगातारजसो भूकम्प गइरहेको छ । यसअघि गएको फागुनको १० गते ५ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको थियो ।

माघको १० र १२ गते पनि बाजुरामा भूकम्पको धक्का महसुस गरिएको थियो । माघ १० गते ५ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको थियो ।