बुधबार आधा घण्टा ईसेवा नचल्ने

बुधबार आधा घण्टा ईसेवा नचल्ने

धनगढी । चैत १५ गते बुधबार डिजिटल वालेट ईसेवाको सेवा अवरुद्ध हुने भएको छ । दोस्रो चरणको डेटावेस अपग्रेडका लागि करिब आधा घण्टा सेवा अवरुद्ध हुने भएको हो ।

कम्पनीका अनुसार बुधबार बिहान ३ बजेदेखि साढे ३ बजेसम्म ईसेवाको सम्पूर्ण सेवाहरू अवरुद्ध हुनेछन् ।

ईसेवाको दोस्रो चरणको डेटा भर्सन अपग्रेड सम्बन्धी कार्य गर्नका लागि मिति २०७९ चैत्र १५ गते, बुधबार बिहान ३ बजे देखि ३ः३० बजे सम्म इसेवाका सम्पूर्ण सेवाहरू अवरुद्ध हुनेछन्, कम्पनीको सूचनामा उल्लेख छ ।