राईजिङ स्टार बोर्डिङ स्कुलको कविसँग अन्तर्क्रिया

राईजिङ स्टार बोर्डिङ स्कुलको कविसँग अन्तर्क्रिया

धनगढी: धनगढीको राईजिङ स्टार बोर्डिङ स्कुलले कविसँग विद्यार्थी अन्तर्क्रियात्मक कार्यक्रम गरेको छ । 

मदन पुरस्कार विजेता डा. नवराज लम्साललाइ स्कुलमै बोलायर सोमवार एक कार्यक्रमको आयोजना गरि कविसँग विद्यार्थी कार्यक्रम गरेको हो । कार्यक्रममा प्रतिनिधि सभा सदस्य माननीय डिल्लीराज पन्तको उपस्थितिमा डा. लम्साल र विद्यार्थीहरू बिच नेपाली साहित्य ,नेपाली कविता र डेउडा विषयमा  रोचक अन्तक्रियात्मक  कार्यक्रम भएको राइजिङ स्टार वोर्डिङ स्कुलका निर्देशका कलेन्द्र शाहिले बताए।

कार्यक्रममा स्कुलले कवि डा. नवराज लम्साललाई  सम्मानित गरिएको थियो। नेपाली साहित्य, विद्यार्थी, शिक्षक,अभिभावक तथा समाजका लागि ऐनाको रुपमा अहमभुमिका खेलिरहेको नेपाली साहित्यमा कलम चलाउने कवि डा. नवराज लम्साललाई सम्मान गर्न पाउँदा हर्षित भएको राईजिङ स्टार बोर्डिङ स्कुलका संस्थापक तथा प्रबन्ध निर्देशक कलेन्द्र शाहीले बताए ।

पछिल्लो समय देशका धेरै विद्यालयले बोलाउने गरेको र भ्याए सम्म समय दिने गरेको कवि डा. नवराज लम्सालले बताए ।