देशभर गाडीका नक्कली पार्टपुर्जाको कारोबार

देशभर गाडीका नक्कली पार्टपुर्जाको कारोबार

धनगढी। देशभरका विभिन्न नाकाहरुबाट अवैध रुपमा गाडीका नक्कली पार्टपुर्जाहरु भित्राइएको सुराकीको आधारमा प्रहरी र स्थानीय प्रशासनको सहकार्यमा यस प्रकारका अवैध कारोवार गर्ने व्यक्तिहरुको खोजी कार्य जारी भइरहेको जनाइएको छ । 

टाटा मोटर्सका अवैध पार्टसहरुको कारोबार गर्ने जडिबुटीस्थित न्यू थ्याङ्क्यु स्टोरका सञ्चालक कुमार श्रेष्ठ, खुलालटार साँखुस्थित माँ सलम्बुदेवी अटो स्पेयरका सञ्चालक विनोद कार्की र पोखरास्थित स्टार अटो पार्टस्का सञ्चालक सतिस शाक्य तथा पूर्वी तराईका जिल्लाहरुमा इनरुवा ४, सुनसरीस्थित पुजा ट्रेडर्सका सञ्चालक देवनारायण साह, विराटनगर ८, मोरङस्थित नमस्ते ट्रेडर्सका सञ्चालक जीवन पोखरेल र विराटनगर ११, मोरङस्थित मनोकामन इन्टरनेशनलका  सञ्चालक ध्रुव सिङ चौहान लगायतका व्यक्तिहरुलाई सम्बन्धित निकायमा उपस्थित गराइ अबका दिनमा यस्ता कार्यमा संलग्न नहुन सचेत गराई पठाइएको छ ।   

यस्ता पुराना पार्टपुर्जाको प्रयोगले गाडीहरु अप्रत्यासित दुर्घटना भइ ठूलो मात्रामा जनधनको क्षति हुने सम्भावना हुन सक्छ भने राज्यलाई पनि राजस्वको ठूलो हिस्सा गुमिरहेको छ । 

साथै वैधानिक रुपमा कारोबार गर्ने व्यवसायीहरु पनि प्रत्यक्ष रुपमा प्रभावित भई व्यवसायबाट पलायन हुने अवस्थामा पुगेका छन् ।