बैतडीः भीरबाट लडेर एक जनाको मृत्यु

बैतडीः भीरबाट लडेर एक जनाको मृत्यु

धनगढी । बैतडीको पुर्चौंडी नगरपालिका वडा नं. ६ भूमीराज मुडेलीका २३ बर्षीय लोकेन्द्र साउँदको भीरबाट लडेर मृत्यु भएको छ । सोमबार राति घर आउने क्रममा भीरबाट लडेर झण्डै ५० मिटर तल खसेका साउँदको घटनास्थलमै मृत्यु भएको स्थानीय विजय साउँदले बताएका छन् । मृतक साउँदको घरमा १० महिने छोरा र श्रीमती रहेका छन् ।