३ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने राप्रपाको निर्णय

३ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने राप्रपाको निर्णय

धनगढी । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आगामी वैशाख १० गते उपनिर्वाचन हुने ३ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने निर्णय गरेको छ ।

पार्टी कार्यालय धुम्बाराहीमा सोमबार बसेको राप्रपाको केन्द्रीय पदाधिकारीको बैठकले तनहुँ–१, बारा–२ र चितवन–२ मा पार्टीको उम्मेदवार उठाउने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले बताए। बैठकले ३ वटै निर्वाचन क्षेत्रमा पार्टीको कमाण्डर पनि तोकेको उनले बताए ।

चितवन–२ मा नेता विक्रम पाण्डे, तनहुँ–१ मा निलकण्ठ काफ्ले र बारा–२ मा बुद्धिमान तामाङलाई कमाण्डर तोकिएको बताए । कमाण्डरहरूले तोकिएको निर्वाचन क्षेत्रमा आवश्यक छलफल गरेर उम्मेदवारको बारेमा निर्णय लिने जनाइएको छ ।

निर्वाचन आयोगले उपनिर्वाचनका लागि यहि चैत २० गते मनोनयन दर्ताको समय तोकेको छ ।