बैतडीमा गाई मारेको अभियोगमा भुल पक्राउ, पशुपन्छि सम्बन्धी कसुरमा कारवाही हुने

बैतडीमा गाई मारेको अभियोगमा भुल पक्राउ, पशुपन्छि सम्बन्धी कसुरमा कारवाही हुने

धनगढी । बैतडीको दोगडाकेदार गाउँपालिका वडा नंम्बर३ जड्याखालीका रमेश भुललाई गाई मारेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ। 

भुलले सोमबार साँझ आफ्नै घरमा पालेका ३ ओटा गाईलाई मारेको खबर प्राप्त भएपछि भुललाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी  निरीक्षक लोकराज जोशीले बताए । 

मदिरा सेवन गरेर घरमा आएका भुलले घरमै बाँधेका गाईलाई काठले टाउकोमा हानेर मारेको बुझिएको छ । उनलाई पक्राउ गरेर पशुपन्छि सम्बन्धी कसुरमा कारवाही हुने प्रहरी निरीक्षक जोशीले बताए । 

घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।