‘नांगो गाउँ’मा रोमान्टिक साम्राज्ञी र कर्मा

‘नांगो गाउँ’मा रोमान्टिक साम्राज्ञी र कर्मा

नेपाली फिल्म ‘नांगो गाउँ’को अहिले छायांकन भइरहेको छ। दीपेन्द्र लामाले निर्देशन गरिरहेको फिल्मको छायांकन काभ्रेको बेथानचोकमा भइरहेको छ। 

यही चैत १० गतेदेखि छायांकन सुरु भएको फिल्मको छायांकन ३५ दिनमा सक्ने तयारी रहेको निर्देशक लामाले बताएका छन्। फिल्मको छायांकन सेटमा कलाकारहरु दयाहाङ राई, साम्राज्ञी राज्यलक्ष्मी शाह, कर्मा, शिशिर वाङ्देल व्यस्त छन्। 

फिल्मका छायांकन स्थलमा कलाकार कर्मा र साम्राज्ञी रोमान्टिक मुडमा देखिएका छन्। उनीहरुको सार्वजनिक तस्बिरले फिल्ममा यी दुई कलाकारको रोमान्स हेर्न सकिने संकेत गरेको छ। 

फिल्ममा बुद्धि तामाङ, पुष्कर गुरुङलगायत कलाकारको पनि शीर्ष भूमिकामा रहेर अभिनय गरेका छन्। मनिष्मा फिल्मस्‌ ब्यानरमा निर्माण भइरहेको यो फिल्ममा हिमाल शर्माले लगानी गरेका छन्।