जिल्ला नगर उद्योग वाणिज्य संघको कार्यकारिणी सदस्य (खुला तर्फ) पदमा कुँवरको उम्मेदवारी

जिल्ला नगर उद्योग वाणिज्य संघको कार्यकारिणी सदस्य (खुला तर्फ) पदमा कुँवरको उम्मेदवारी

धनगढी । कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले जिल्ला नगरं उद्योग वाणिज्य संघको कार्यकारिणी सदस्य (खुला तर्फ) पदमा उम्मेदवारी दिने भएका छन् ।

यहि चैत २८ र २९ गते काठमाडौमा हुन गइरहेको ५७ औ वार्षिक साधारण सभां एवं निवार्चनमा संघको कार्यकारिणी सदस्य (खुला तर्फ) पदमा अगाडि सारिएको मंगलबार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिइएको हो ।

संघका सचिव ओम विक्रम विष्टले भने –‘हाल नेपाल उद्योग वाणिज्य महासंघको सुदुरपश्चिम प्रदेशको तर्फवाट केन्द्रिय सदस्य तथा कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराजलाई संघको आधिकारिक उम्मेदारको रुपमा अगाडी सारिएको जानकारी गराउन चाहन्छु ।’

सुदुरपश्चिमको साना तथा मझौला उद्योगी व्यवसायीहरुको व्यवसायिक समस्याहरुलाई निर्णायक र नितिगत समाधान गर्नको लागी पछिल्लो समयमा देशमा देखिएको आर्थिक समस्या, व्यवसायिक संकटलाई राष्ट्र दिगो समाधान गरी व्यवसायिक वातावरण कायम गर्नको उनलाई अघि सारिएको जनाइएको छ ।

अध्यक्ष कुँवरले जिल्ला नगर सदस्य संस्थाको अध्यक्षबाट आधिकारिक उम्मेदार भएकोले मतदान गरी सहयोग गरिदिन अनुरोध गरे ।