बयालपाटा अस्पतालको समस्या समाधानका लागि प्रतिबद्ध छुः मुख्यमन्त्री शाह

बयालपाटा अस्पतालको समस्या समाधानका लागि प्रतिबद्ध छुः मुख्यमन्त्री शाह

अछाम : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बयालपाटा अस्पतालको बिषयमा आफू चिन्तित रहेको बताएका छन्। 

मुख्यमन्त्री निर्वाचित भएपछि पहिलो पटक अछाम पुगेका शाहले बयालपाटा अस्पतालको निरीक्षण गर्दै अस्पतालको सेवा निरिन्तर रहिरहोस् भन्नेमा आफू रहेको बताए।

बयालपाटा अस्पतालले दिइरहेको निःशुल्क गुणस्तरीय स्वास्थ्य सेवालाई थप राम्रो, प्रभावकारी र दिर्घकालिन कसरी बनाउन सकिन्छ भन्ने सोचका साथ अघि बढ्ने बताए। 

बयालपाटा अस्पतालमा देखिएको बजेट अभाव लगायतका अन्य बिषयको समाधान गर्न सबै लाग्नुपर्ने उनले बताए।

बयालपाटा अस्पतालको संरचनालगायत अस्पतालले प्रदान गर्ने सेवा देखेर आफू प्रभावित भएको भन्दै शाहले अस्पतालको सेवालाई दिर्घकालिन बनाउन पहलगर्ने बताए। 

अस्पताल निरीक्षणका क्रममा मुख्यमन्त्री शाहसँगै भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवा, प्रदेश सभा सदस्य मेघराज खड्का, पूर्व सुचना तथा सञ्चार राज्यमन्त्री गोबिन्दबहादुर शाह, पूर्व जिविस सभापति भरत कुमार स्वाँर लगायतको सहभागीता रहेको थियो।