मिटरब्याजलाई अपराध घोषणा गर्ने सरकारको निर्णय

मिटरब्याजलाई अपराध घोषणा गर्ने सरकारको निर्णय

काठमाडौं: मिटरब्याजलाई सरकारले अपराधको परिभाषाभित्र राख्ने निर्णय गरेको छ। यसका लागि मुलुकी फौजदारी अपराधसंहिता संशोधन प्रक्रिया अघि बढाउने मन्त्रिपरिषद्ले निर्णय गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले मिटरब्याज पीडितहरुको मागको सुनुवाइ गर्ने क्रममा उक्त निर्णय गरेको हो।मिटरब्याजबाट पीडित महत्तोरीका स्थानीयहरु काठमाडौंमा आन्दोलन गरिरहेका छन्। महोत्तरीबाट ११ दिनदेखि हिँडेरै उनीहरु काठमाडौं आइपुगेका हुन्।
 
उनीहरुसँग वार्ता गर्न सरकारले टोली बनाएको छ। उक्त टोलीसँगको छलफलपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भेट्ने भएका छन्।