घोडाघोडीमा साङ्गीतिक उत्सव हुने

घोडाघोडीमा साङ्गीतिक उत्सव हुने

सुखड : कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा घोडाघोडी साङ्गीतिक उत्सव २०८० हुने भएको छ । आभास सञ्चार कम्पनी प्रा.ली.को उत्सव हुने मङ्गलवार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको छ । यही आउँदो नयाँ वर्षको वैशाख  ७ देखी १० गते सम्म सुखडको हेलि प्याडमा उत्सव हुने बताईएको छ ।

पर्यटकीय क्षेत्रका रुपमा रहेको घोडाघोडी तालको प्रचारप्रसार र सामाजिक उत्तरदायित्व वहनका लागी उत्सव गर्न लागिएको कार्यक्रमका संयोजक प्रकाश मिश्रले जानकारी दिए । उत्सवमा नायक पल शाह, पुष्पा खड्का, गायिका एलिना चौहान, गायक बादल थापा, टङ्क तिमिल्सेना र हेम राज थापाको प्रस्तुति रहने उनले बताए ।