अस्पताल निर्माणको कार्य छोडेर ठेकेदार अलपत्र

अस्पताल निर्माणको कार्य छोडेर ठेकेदार अलपत्र

दार्चुला । दार्चुलाको दुहुँ गाउँपालिकामा निर्माण हुने भनिएको १० शैय्याको अस्पताल निर्माणको काम अलपत्र पारेर ठेकेदार देवराज विष्ट सम्पर्क विहिन भएका छन् । अस्पताल निर्माणका लागि सम्झौता भएको तिन वर्ष वित्नै लाग्दा समेत जग खन्ने काम बाहेक अरु कुनै काम नभएको दुहुँ–२ हिकिलाका प्रेमराज जोशीले बताउनुभयो ।

गाउँपालिकाको वडा नम्बर ४ धारीमा निर्माण गरिन लागेको १० शैय्याको अस्पताल निर्माणको काम अलपत्र छोडेर ठेकेदार सम्पर्क विहिन हुँदा यहाँका जनप्रतिनिधि समेत हैरान भएका छन् । ‘गाउँपालिकाबाट लिखित तथा मौखिकरुपले निर्माण कम्पनीलाई पटक पटक ताकेता गरयौ ठेकेदार सम्पर्कमै आएनन् गाउँपालिकाका अध्यक्ष नरेन्द्र बडालले भन्नुभयो ।’ यसै महिना भित्र उक्त निर्माण कम्पनी संगको सम्भौताको म्याद सकिने तथा ठेक्का तोडेर अर्को ठेक्का खोल्ने तयारी गाउँपालिकाले गरेका छ, अध्यक्ष बडालले थप्नुभयो ।


जिल्लाका अन्य स्थानिय तहहरुले अस्पताल निर्माणको कार्य अन्तिम चरणमा पुरयाएका बेला दुहुँमा भने जग मात्रै खनिएको स्थानियले बताएका छन् । गाउँघरमै स्वास्थ्य सेवा पाउने आसमा बसेका स्थानियहरु अस्पताल निर्माणको काम अलपत्र परेपछि निराश भएका छन् । उक्त अस्पताल निर्माणका लागि यमुना जेभी संग आर्थिक वर्ष २०७७÷०७८ मा सम्झौता भएको थियो । सम्झौता गरेर १ करोड बढी रकम पेस्की लिएका ठेकेदार विष्टले अस्पताल निर्माणका लागि तिन वर्ष सम्म जग मात्रै खनेका छन् । अहिले उनलाई फोन सम्पर्क गर्दा फोन अफ हुन्छ र कुनै बेला फोन लागे फोन नै उठाउदैनन ।

अस्पताल निर्माणका लागि झण्डै  ७ करोड बजेटमा सम्झौता भएको थियो । हाल अस्पताल निर्माण हुने साइडमा गिट्टी कुट्ने कार्य भैइरहेको स्थानियले बताएका छन् ।

यसैबिच हिकिला स्वास्थ्य चौकीको भवन निर्माणको काम पनि अधुरै रहेको छ । दुई तले भवनको हाल सम्म एक तला मात्रै निर्माण गरिएको बताइएको छ । देश संघियतामा जानु पुर्व नै उक्त स्वास्थ्य चौकी निर्माणका काम सुरु भएको थियो । गाउँघरमै आधारभूत स्वास्थ्य सेवा प्र

दान गर्न सरकारले हरेक स्थानिय तहमा ५ देखी १५ शैय्या सम्मका अस्पताल बनाउने निर्णय गरे अनुसार उक्त अस्पताल निर्माण हुन लागेको हो । सरकारले पाँच शैय्याको अस्पतालमा एक मेडिकल अफिसर सहित १२ स्वास्थ्यकर्मी १० शैय्याको अस्पतालमा दुई मेडिकल अफिसर सहित १७ स्वास्थ्यकर्मी र १५ शैय्याको अस्पतालमा तीन मेडिकल अफिसर सहित २७ स्वास्थ्यकर्मीको व्यवस्था गर्ने गरी योजना अघि बढाएको छ ।