पत्रकार महासंघ  आज ६८ औँ स्थापना दिवस मनाउँदै

पत्रकार महासंघ  आज ६८ औँ स्थापना दिवस मनाउँदै

काठमाडौं । नेपाल पत्रकार महासंघले आज ६८ औँ स्थापना दिवस मनाउँदैछ। महासंघको केन्द्रीय समिति र देशभरका शाखाले प्रभातफेरिसहित विभिन्न कार्यक्रम गर्दैछन्। 

स्थापना दिवसका अवसरमा महासंघले पश्चिम नवलपरासीमा प्रभातफेरि कार्यक्रम गरेको छ भने रामग्राम स्तुपमा केन्द्रीय समितिको बैठक बस्दैछ। केन्द्रीय समितिको आयोजनामा लुम्बिनीमा भोलि राष्ट्रिय मिडिया सम्मेलन पनि गर्दैछ । सम्मेलनमा देशभरका सञ्चार क्षेत्रका विज्ञ, अर्थविद, महासंघका पूर्वअध्यक्ष, सल्लाहकार, केन्द्रीय समिति, प्रदेश समितिका अध्यक्ष÷महासचिव तथा शाखा समितिका अध्यक्ष सहभागी हुँदैछन्। 

स्थापना दिवसका अवसरमा शुभकामना सन्देश जारी गरी महासंघका अध्यक्ष विपुल पोखरेलले अघिल्लो संसदमा बन्न नसकेका मिडिया सम्बन्धी कानून यो संसदले महासंघको चाहना र अपेक्षा अनुसार निर्माण गर्नेमा विश्वास व्यक्त गरेका छन्।