आइमाको नयाँ वर्ष अफर

आइमाको नयाँ वर्ष अफर

धनगढी । नेपाली बजारमा आइमा इलेक्ट्रिक स्कुटर बिक्री–वितरण गरिरहेको हिमाल ईभी मोटर्सले ‘नयाँ बर्षको बहार आइमामा उपहार’ नामक नयाँ वर्ष अफर ल्याएको छ ।
यस अन्तर्गत आइमाका स्कुटरको खरिदमा २५ हजार रुपैयाँ सम्मको बम्पर छुट प्राप्त हुनेछ ।

नयाँ बर्ष २०८० सालको उपलक्ष्यमा आइमाले नेपालमा आफ्नो विभिन्न मोडलका स्कुटरहरुमा बम्पर छुटको अवसर लिएर आएको बताएको छ ।

यो बम्पर छुटको अभियान अन्र्तगत ग्राहकहरूले १ लाख ८४ हजार मूल्यको टाइगर एस ३ मोडल खरिद गर्दा २४ हजार र ३ लाख ३३ हजार मूल्यको टाइगर एस ६११ खरिद गर्दा २५ हजार रुपैयाँ छुट प्राप्त गर्नेछन् । यी दुबै मोडलहरुको छुट पछिको मूल्य क्रमशः १ लाख ६० हजार र ३ लाख ५ हजार मात्र हुनेछ ।

ग्राहकहरूले आइमाको बम्पर नगद छुट मात्र नभई हरेक स्कुटरको खरिदमा एउटा हेलमेट सित्तैमा उपहार पनि पाउन सक्नेछन् ।

साथै चालु आर्थिक वर्षको कर समेत आइमाको बिक्रीकर्ताले नै भुक्तान गरिदिनेछ भने ईएमआई फाइनान्सिङ र एक्सचेन्जको सुविधालाई समेत यथावत राखिएको छ ।

ग्राहकहरूले हाल प्रयोग गरिरहेका जुनसुकै कम्पनीका पेट्रोल वा विद्युतबाट चल्ने पुराना बाइक तथा स्कुटर आइमा बिक्रेताको शोरुममा आई साटेर नयाँ आइमा स्कुटर खरिद गर्न सकिने सुविधा समेत उपलब्ध छ ।

चैत्र १५ गते देखि प्रारम्भ भएको यो बम्पर अफर आगामी २०८० बैशाख ३१ गते सम्मको लागि मान्य हुने कम्पनीको भनाइ छ ।