सुदूरपश्चिममा एसईईको तयारी पुरा, कुन जिल्लामा कति परिक्षार्थी

सुदूरपश्चिममा एसईईको तयारी पुरा, कुन जिल्लामा कति परिक्षार्थी

धनगढी । माध्यामिक शिक्षा परीक्षा (एसईई)को सुदूरपश्चिम प्रदेशमा तयारी पुरा भएको छ । शुक्रबारदेखि हुन लागेको प्रदेशका नौ वटै जिल्लामा तयारी पुरा भएको शिक्षा विकास निर्देशनालय दीपायलले जानकारी दिएको हो ।
शुक्रबार माध्यामिक शिक्षा परीक्षाको पहिलो  दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुने भएको छ । सुदूरपश्चिममा दुई सय आठ वटा परीक्षा केन्द्र रहेको निर्देशनालयले जानकारी दिएको छ । निर्देशनालयका निर्देशक दुर्गादत्त विष्टले एसईईका लागि आवश्यक सम्पूर्ण तयारी पुरा भईसकेको बताए । उनले भने –‘परिक्षा केन्द्रमा सुरक्षा व्यवस्था कडाई बनाइएको छ । आवश्यक उत्तरपुस्तिका सबै परिक्षा केन्द्रमा पुगिसकेका छन् । परिक्षा विहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने छ ।’

प्रदेशमा नियमित, एक्ज्याम्टेड र ग्रेड गरी ५५ हजार तीन सय ७६ विद्यार्थीहरुको सहभागिता रहने जनाइएको छ । प्रदेशमा नियमित धारतर्फ ५० हजार पाँच सय ७४, ग्रेडवृद्धितर्फ एक हजार आठ सय ५८ र प्राविधिक धारतर्फ दुई हजार नौ सय ४४ विद्यार्थी छन् । सबैभन्दा बढी ५३ केन्द्र रहेको कैलालीमा १७ हजार सात सय ४२ विद्यार्थी र सबैभन्दा कम १२ केन्द्र रहेको डडेल्धुरामा दुई हजार ६ सय ८९ विद्यार्थी छन् ।

१२ केन्द्र रहेको डोटीमा तीन हजार सात सय ७२ विद्यार्थी, १५ केन्द्र रहेको बाजुरामा तीन हजार एक सय ६३ विद्यार्थी सहभागि हुने छन भने १८ केन्द्र रहेको बझाङमा चार हजार चार सय विद्यार्थी सहभागि संख्या रहेको निर्देशनालयले जनाएको छ ।

अछाममा पाँच हजार ७३ विद्यार्थी रहेकोमा २४ परिक्षा केन्द्र, दार्चुलामा दुई हजार नौ सय ७१ विद्यार्थी रहेका छन भने १६ परिक्षा केन्द्र कायम गरिएको छ । बैतडीमा पाँच हजार तीन सय ५१ परिक्षार्थी रहेकोमा २५ परिक्षा केन्द्र र कञ्चनपुरमा १० हजार दुई सय १५ परिक्षार्थी रहेकोमा ३३ परिक्षा केन्द्र कायम गरिएको छ ।

क्रमशः नियमिततर्फ कैलालीमा १६ हजार ६ सय ३०, ग्रेडतर्फ सात सय दुई र प्राविधिकतर्फ चार सय १० परिक्षार्थी रहेको निर्देशनालयले जनाएको छ ।