एसईईमा खटिए आठ हजार बढी कर्मचारी

एसईईमा खटिए आठ हजार बढी कर्मचारी

धनगढी । शुक्रबारदेखि हुन लागेको माध्यामिक शिक्षा परीक्षा (एसईई) मा आठ हजार बढी कर्मचारी खटिएका छन् । प्रदेशका दुई सय आठ परीक्षा केन्द्रमा आठ हजार एक सय ३२ कर्मचारी खटिएका छन् ।

एसईइ परीक्षालाई शान्त र भयरहित वातावरणमा सम्पन्न गर्नका निम्ती प्रहरी सहितको सुरक्षा ब्यवस्था गरिएको शिक्षा विकास निर्देशनालयका दुर्गादत्त विष्टले बताए ।

डोटी जिल्लामा १२ जना केन्द्राध्यक्ष, २४ जना साहायक केन्द्राध्यक्ष, १९० जना निरिक्षक, ३८ जना सहायक कर्मचारी, १८० जना प्रहरी र ७६ जना विद्यालय सहयोगी गरी जम्मा ५२० जना कर्मचारी खटिएका छन् । बाजुरामा १५ जना केन्द्राध्यक्ष, २२ जना सहायक केन्द्राध्यक्ष, १६१ जना निरिक्षक, ३१ जना सहायक कर्मचारी, २२५ जना प्रहरी, ६४ जना विद्यालय सहयोगी गरी जम्मा ५१८ जना कर्मचारी खटिएका छन् । दार्चुलामा १६ जना केन्द्राध्यक्ष, २० जना साहायक केन्द्राध्यक्ष, १५० जना निरिक्षक, ३० जना सहायक कर्मचारी, २४० जना प्रहरी, ६१ जना विद्यालय सहयोगी गरी जम्मा ५१७ जना, बैतडीमा २५ जना केन्द्राध्यक्ष, ३७ साहायक केन्द्राध्यक्ष, २६५ जना निरिक्षक, ५४ सहायक कर्मचारी, ३७५ जना प्रहरी १०९ जना विद्यालय सहयोगी गरी जम्मा ८६५ जना, डडेल्धुरामा १२ जना केन्द्राध्यक्ष, १८ जना साहायक केन्द्राध्यक्ष, १३५ जना निरिक्षक, २७ जना सहायक कर्मचारी, १८० जना प्रहरी, ५५ जना विद्यालय सहयोगी गरी जम्मा ४२७ जना, कैलालीमा ५३ जना केन्द्राध्यक्ष, ११४ जना सहायक केन्द्रध्यक्ष, ८८४ जना निरिक्षक, १७८ जना सहायक कर्मचारी, ३५२ जना विद्यालय सहयोगी र ७९५ जना प्रहरी गरी जम्मा २३७६ जना, अछाममा २४ जना केन्द्रध्यक्ष, ३१ जना सहायक केन्द्रध्यक्ष, २५५ जना निरिक्षक, ५१ जना सहायक कर्मचारी ३६० जना प्रहरी १०१ जना विद्यालय सहयोगी गरी जम्मा ८२२ जना, कञ्चनपुरमा ३३ जना केन्द्राध्यक्ष ६९ सहायक केन्द्राध्यक्ष, ५१० जना निरिक्षक, १०३ जना सहाहयक कर्मचारी, ४९५ प्रहरी, २०७ जना विद्यालय सहयोगी गरी जम्मा १४१७ जना र बझाङमा १८ जना केन्द्राध्यक्ष, ३० जना सहायक केन्द्राध्यक्ष २१८ जना निरिक्षक ४५ जना सहायक कर्मचारी २७० जना प्रहरी ८९ जना विद्यालय सहयोगी गरी जम्मा ६७० जना गरी सुदुरपश्चिम प्रदेशमा जम्मा केन्द्रध्यक्ष २०८, सहायक केन्द्रध्यक्ष ३६५, निरिक्षक २७६८, सहायक कर्मचारी ५५७, प्रहरी ३१२० र विद्यालय सहयोगी १११४ गरी जम्मा ८१३२ जना कर्मचारी खटिएका छन् ।

प्रदेशमा नियमित, एक्ज्याम्टेड र ग्रेड गरी ५५ हजार तीन सय ७६ विद्यार्थीहरुको सहभागिता रहने जनाइएको छ । प्रदेशमा नियमित धारतर्फ ५० हजार पाँच सय ७४, ग्रेडवृद्धितर्फ एक हजार आठ सय ५८ र प्राविधिक धारतर्फ दुई हजार नौ सय ४४ विद्यार्थी छन् । सबैभन्दा बढी ५३ केन्द्र रहेको कैलालीमा १७ हजार सात सय ४२ विद्यार्थी र सबैभन्दा कम १२ केन्द्र रहेको डडेल्धुरामा दुई हजार ६ सय ८९ विद्यार्थी छन् ।

शुक्रबार (भोली) बिहान ८ बजेबाट ११ बजेसम्म परीक्षा हुनेछन् । पहिलो  दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुने छ ।