आईपीएलः पहिलो खेलमा गुजरात र चेन्नईको भिडन्त

आईपीएलः पहिलो खेलमा गुजरात र चेन्नईको भिडन्त

धनगढी । इन्डियन प्रिमियर लिग आईपीएलको १६औं संस्करण शुक्रबारदेखि सुरु हुँदैछ। अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा नेपाली समयानुसार बेलुकी ७स्४५ बजेदेखि प्रतियोगिता सुरु हुनेछ। 

आजको खेल डिफेन्डिङ च्याम्पियन गुजरात टाइटन्ससँग चारचोटीको विजेता चेन्नइ सुपर किङ्सबीच हुनेछ। चार वर्षपछि आईपीएलमा ओपनिङ सेरोमनी हुनेछ। 

महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नइ सुपर किङ्स आईपीएलको सफलमध्ये १ टिम हो। उनको टिमले मुम्बई इन्डियन्सपछि धेरै उपाधि जितेको छ। 

चेन्नइ सुपर किङ्स गएको वर्ष भने जम्मा चार खेल जितेर ९ नम्बरमा रहँदै प्रतियोगिताबाट  बाहिरएको थियो।

गएको सिजनमा लखनउ र गुजरात नयाँ २ टिम जोडिएका थिए। दुवै टिम प्लेअफमा पुगेका थिए भने गुजरातले उपाधि जितेको थियो। यसपल्ट लगभग तिनै खेलाडीका साथ गुजरात मैदानमा हुनेछ।  हार्दिक पान्ड्याको कप्तानीमा राशिद खान, राहुल तेवतिया जस्ता खेलाडी छन्।