भीम रावललाई विष्णु पौडेलको चेतावनी- नसच्चिए पार्टीले उचित निर्णय लिन्छ

भीम रावललाई विष्णु पौडेलको चेतावनी- नसच्चिए पार्टीले उचित निर्णय लिन्छ

धनगढी  । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले नेता भीम रावलले पार्टीको साधारण सदस्यको पनि भूमिका निर्वाह नगरेको बताएका छन् । प्रेस चौतारी नेपालले शुक्रबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पौडेलले रावल नेकपा एमाले मै छु भन्ने तर काम भने साधारण सदस्यको सम्म पनि नगरेको उनले बताए । 

‘भीम रावल जी पार्टीको अनुशासनको दृष्टिकोणले उल्लङ्घन गर्दै एक पछि अर्को गल्ती गर्दै जानुभएको छ । उनले भने उहाँले पार्टी सदस्यको कर्तव्य निर्वाह गर्नुभएको छैन ।,’ उहाँले पार्टीका निर्णयको खिलाफमा उभिनुभएको छ । पार्टीलाई कमजोर पार्ने काम गर्नुभएको छ । एकपछि अर्को गल्ती गर्दै हुनुहुन्छ । कहिले पत्रकार सम्मेलन, कहिले क्रिया प्रतिक्रियामा उत्रिनुहुन्छ ।’ अधुरा सूचनाका आधारमा उहाँले प्रतिक्रिया दिनुहुन्छ ।  भीम रावलले आफ्ना गल्तीहरु स्वीकार गर्नुपर्ने उनले बताएका छन् । पार्टीको नीति निर्णय र विधानलाई मान्नुपर्ने उनले बताए । एउटा अनुशासित सदस्यको भूमिका उनले निर्वाह गर्दै पार्टीमा फर्किनुपर्ने पौडेलको भनाई छ ।

 रावलले विगतमा पार्टीमा बसेर नेतृत्वदायी भूमिका खेली सकेको बताउँदै अव पनि यदि काम गर्न चाहनुहुन्छ भने आफ्नो गल्तीलाई स्वीकार गरेर फेरी मिलेर अघि बढ्न सकिने उनले बताएका छन् । यदि यस्तै पार्टीको विधि नीति, निर्णयलाई नमान्ने हो भने पार्टीले पनि उचित निर्णय दिएर अघि बढ्ने उनले बताए ।  यस प्रकारको उनको क्रियाकलापका विरुद्धले छिट्टै नै प्रतिक्रिया लिने उनले बताए ।